नियम ५
बहाल लिइने
(१) नियम ४ बमोजिम इजाजतपत्र लिने व्यक्तिले तोकिएको अधिकारीलाई दैनिक ने.रु. ५०।– का दरले बहाल बुझाउनु पर्छ ।
तर–
(क) सास्कृतिक उत्थानको निमित्त टिकट नलगाई वा सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा जम्मा गर्नलाई देखाइने नाटकको निमित्त बहाल लाग्ने छैन ।
(ख) सास्कृतिक उत्थानको निमित्त टिकट लगाई देखाइने नाटकको निमित्त दैनिक ने.रु. २५।– का दरले मात्र बहाल लाग्नेछ ।
(ग) उपनियम (१) बमोजिम बुझाउनु पर्ने बहाल वापतको रुपैयाकाे ५० प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बाकी रहेको रुपैया नाटक प्रदर्शनको अवधि समाप्त भएको सात दिन भित्र बुझाउनु पर्छ ।